Breaking News

सांसदले भने – आरडिटी परीक्षणले आतंक फैलायो, बन्द गरौँ

Banner

काठमाडौँ, जेठ १४ –

बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले आरडिटी परीक्षणले रोग पत्ता लगाउने भन्दा पनि समाजमा अनावश्यक आतंक फैलाएको भन्दै बन्द गर्न माग गरेका हुन् ।

कांग्रेसका सांसद राजेन्द्र केसीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१० मा आरडिटी परीक्षणमा दश जनामा पोजिटिभ देखिए पनि पीसीआरमा नदेखिँदा नागरिकलाई संत्रास मात्र फैलाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उलने संसदमा भने, ‘मेरो निर्वाचन क्षेत्रमा आरडिटी परीक्षण गर्दा दश जनामा पोजिटिभ देखियो । त्यसपछि उनीहरुलाई हतार हतार क्वारेन्टिनमा राखियो । उनीहरुका परिवारमा रुवाबासी फैलियो । तर ६ दिनपछि पीसीआर रिपोर्ट आउँदा नेगेटिभ देखियो । यसरी आतंक किन फैलाउने ? बन्द गरौं।’

कांग्रेसकै सांसद भरतकुमार शाहले कोरोना नियन्त्रणमा लगाइएको लक डाउनको मोडालिटी फेर्न आग्रह गरे।

लक डाउनका कारण अर्थतन्त्रमा धेरै नकरात्मक असर परेकाले अब पनि यसलाई अहिलेकै अवस्थामा निरन्तरता दिन आवश्यक नरहेको उल्लेख गरे।

उनले भने, ‘अरु देशले लक डाउन खुकुलाे पार्दै लगेका छन्। हाम्रो पनि अर्थतन्त्रमा धेरै असर गरिसक्यो। अब मोडालिटी फेरौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>