Breaking News

हेटौंडाकी कोरोना संक्रमित महिलालाई भरतपुर ल्याईयो

Banner

चितवन, जेठ १४–

हेटौंडाकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलालाई उपचारका लागि भरतपुर ल्याईएको छ ।

मंगलबार हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आज (बुधबार) भरतपुर ल्याईएको हो । उनलाई भरतपुर कोरोना विशेष अस्प्तालमा राखेर उपचार गर्ने की भरतपुर अस्पतालमा उपचार गर्ने भन्ने बारे छलफल भइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए । उनले नारायणी अनलाइनसंग भने–‘संक्रमित महिला भर्खर भरतपुर आइपुग्नु भएको छ, उहाँको अवस्था हेरेर कता राखेर उपचार गर्ने भन्ने बारे मेडिकल टिमले निर्णय गर्छ ।’

हेटौंडा–१, स्थित चौकीटोलकी कोरोना संक्रमित २५ वर्षीया महिलामा पाँच महिनाको गर्भवती रहेकी छिन् । त्यसैले उनको अवस्था हेरेर उपचार गरिने डा.तिवारीले बताए । उनले थपे–‘गर्भवती भएकाले केही जोखिम रहेको छ, सबै कागजात हेरेर उपचार गछौं ।’

संक्रमित महिला जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन् । डा.तिवारीले अलि बढी ख्याल गर्नुपर्ने भएकाले ती महिलाको भरतपुर अस्पतालमै उपचार गरिने संकेत गरे । कोरोना अस्पतालमा आइसोलेसन बेड बाहेक अन्य धेरै प्रविधिहरु छैन । अहिले सो अस्पताल पनि भरतपुर अस्पतालकै मातहतमा संचालनमा छ । भरतपुर अस्पतालमा यसअघि नै कोरोना संक्रमितका लागि ६ वटा भेण्टिलेटरसहितको आइसीयू बेड समेत तयार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>