Breaking News

चितवनबाट हेटौंडा पुगेकी युवतीमा कोरोना संक्रमण पुष्टि

Banner

हेटौंडा, जेठ १४–

चितवनबाट हेटौंडा पुगेकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१ निवासी २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणले उनमा संक्रमण पुष्टि गरेको हो ।

संक्रमित युवती गत जेठ ९ गते चितवनको भरतपुरबाट हेटौंडा पुगेकी जिल्ला आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए।

ती महिला भरतपुर महानगरपालिका–१२ स्थित मालपोत चोकमा डेरामा बस्ने गरेको खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>