Breaking News

पर्सामा उपचाररत थप २१ जना कोरोनालाई जितेर घर फर्के

०
Banner

वीरगञ्ज, जेठ १४–

नारायणी कोभिड विशेष अस्थायी अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट मंगलबार राति २१ जना कोरोना संक्रमितहरुलाई निको भएपछि डिस्चार्ज गरिएको छ ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

अस्पतालमा उपचारपछि निको भएर फर्किनेहरुमा १७ जना पुरुष र ४ जना महिलाहरु छन् । उनीहरु मध्ये १५ महिने बालकसहित तीनजना बालबालिकाहरु पनि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>