Breaking News

पर्सामा उपचाररत थप २१ जना कोरोनालाई जितेर घर फर्के

Banner

वीरगञ्ज, जेठ १४–

नारायणी कोभिड विशेष अस्थायी अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट मंगलबार राति २१ जना कोरोना संक्रमितहरुलाई निको भएपछि डिस्चार्ज गरिएको छ ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

अस्पतालमा उपचारपछि निको भएर फर्किनेहरुमा १७ जना पुरुष र ४ जना महिलाहरु छन् । उनीहरु मध्ये १५ महिने बालकसहित तीनजना बालबालिकाहरु पनि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>