Breaking News
भारतबाट आएका एक व्यक्तिको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु
०

कैलाली, जेठ १४–
कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको आज (बुधबार) विहान मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले मृतकको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तर उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























