Breaking News
भरतपुर महानगरले ३० जना चितवनबासीलाई सिमानाबाट उद्धार गरी ल्याउँदै

चितवन, जेठ १३–
चितवनमा स्थानीय तहहरुले भारतीय नाकामा आएका नागरिकलाई उद्दार गरि ल्याउने काम तीव्र रुपमा अघि बढाएका छन्। आज (मंगलबार) मात्रै सिमानाका सुनौली हुँदै आएका ३० जना चितवनवासीलाइ भरतपुर महानगरको अगुवाइ र सहयोगमा उद्दार गरि ल्याइदै छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका प्रमुख स्विकिय सचिव गोपालकृष्ण न्यौपानेका अनुसार आज ल्याइदै गरिएकाहरुमा २५ जना भरतपुरका र अन्य कालिका, रत्ननगर र राप्ती नगरपालिकाका रहेका छन्। महानगर प्रमुख रेनु दाहालले आज ल्याइदै गरेका नागरिकलाई वडा स्तरमा तयार गरिएका क्वारेन्टिनमा राखिने र आवश्यक स्वास्थ्य जाँच पछि मात्रै घर पठाइने जानकारी दिइन् ।
भारतीय सिमामा आएका नागरिकलाई लिन भरतपुर वडा नं २३ का वडाअध्यक्ष नरिनारायण पौडेलको नेतृत्वमा आज बिहान एक टोली त्यसतर्फ प्रस्थान गरेको थियो। केहिदिन अघि माडी नगरपालिकाका मेयर ठाकुर ढकाल आफै गएर सिमामा आएका नागरिकलाई ल्याएका थिए । चितवनमा सवै स्थानीय तहमा गरि ९८ वडा रहेकोमा अधिकांशमा क्वारेन्टिन तयारी रहेको र केहिमा बन्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
























