Breaking News
डब्लूएचओको चेतावनी : कोरोनाको दोस्रो लहर दोब्बर बन्ने खतरा

काठमाडौं, जेठ १३-
जुन देशमा अहिले कोरोना संक्रमण कम हुँदै गइरहेको छ, तिनमा तुरुन्त लकडाउनलगायत प्रतिबन्ध हटाइयो भने यो महामारी अझ दोब्बर मात्रामा फर्किन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ।
डब्ल्यूएचओका आपतकालीन प्रमुख डाक्टर माइक रायनले केही देशमा अहिले कोरोना संक्रमणको पहिलो लहर नै चलिरहेको उल्लेख गर्दै जुन मुलुकमा पहिलो चरणको संक्रमण कम हुँदै गएको छ, तिनमा यो वर्षको अन्त्यमा पुनः दोब्बर रूपमा यो महामारी फर्किन सक्ने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘अहिले केही देशमा संक्रमण कम हुँदै गएका छन्, तर अझै मध्य र दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियामा यो बढ्दै गएको अवस्था छ।’
महामारी विभिन्न रूपमा धेरैपटक आउने उल्लेख गर्दै उनले जसको अर्थ पहिलो लहर महामारी भइसकेका देशमा दोस्रो लहर अझ भयानक भएर आउने सक्ने बताए। ‘यसर्थ यसको रोकथामा लागि अहिले नै तयारी नगरिए अर्काे लहर आउन सक्छ।’
उनका अनुसार उत्तरी अमेरिका र युरोपका देशले कोरोना संक्रमण रोकथामका लागि भएका कदम जारी राख्नुपर्नेछ, जसले संक्रमणको दोस्रो लहर आउने जोखिम टर्न सक्छ।
























