Breaking News

सरकारले विदेशमा रहेका नेपालीको उद्धार गर्छः प्रधानमन्त्री

Banner

काठमाडौं, जेठ १२-

प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताएका छन्। सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताए।

‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्छ,’ उनले भने, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ। निश्चिन्त रहन म आग्रह गर्छु।’ भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उनले बताए। स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>