Breaking News

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ,यथार्थप्रति सरकार सचेत छ

Banner

काठमाडौं,जेठ १२-

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी भएको दाबी गरेका छन्। आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले शुरुका सरकारले चालेका कदमले डरलाग्दो क्षतिबाट जोगाएको बताएका हुन्।

“लकडाउनले जीवनलाई असहज त बनाएको छ, तर यसले सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र संक्रमितको सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाउन मद्दत पु¥याएको छ”, प्रधानमन्त्रीले सम्बोधनमा भने, “समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ । यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनु पर्छ ।”

प्रधानमन्त्रीले दक्षिण एशियाका कतिपय मुलुकहरुको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर ढुक्क भएर बस्ने स्थिति भने नभएको बताए। “कोरोना विरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत छ, प्रधानमन्त्रीले भने।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>