चितवन विशेष
भरतपुर ११ मा क्वारेन्टिन निर्माण,भारतबाट आउने दर्जनबढि सम्पर्कमा

चितवन,जेठ ११-
भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर ११ ले क्वारेन्टिन निर्माण गरेको छ । १६ बेडको क्वारेन्टिन पाँच दिन लगाएर निर्माण गरिएको हो । आवश्यकताका आधारमा क्वारेन्टिनको बेड थप गर्दे लगिने वडाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । नवजागृती सामुदायीक वनमा रहेको कमलामाई मन्दिर परिसरमा क्वारेन्टिन निर्माण गरिएको हो ।

क्वारेन्टिन निर्माणका लागि वडासंगै स्थानिय राजनीतिक दल र टोलविकास संस्थाले समेत श्रमदान गरेका थिए । विभिन्न संघसंस्था र व्याक्तिले पछि सामान फर्काउने गरी क्वारेन्टिनमा आवश्यक सामान समेत सहयोग गरेका छन् । स्थानिय नवजागृती सामुदायीक वनले पनि क्वारेन्टिन निर्माणका लागि सहयोग गरेको छ ।
‘भारतबाट आएका पाँच जना क्वारेन्टिनमा बसिसकेका छन्’,वडाध्यक्ष अधिकारीले भन्नुभयो,अन्य दर्जन बढि आउने क्रममा रहेको भन्दै सम्पर्कमा आएका छन् । ’उहाँले महानगरपालिकाको निर्णय अनुसार बस्ने व्यवस्था गरिएको भन्दै खानाको व्यवस्था स्वयम व्यक्तिले गर्नुपर्ने बताउनुभयो ।

























