चितवन विशेष
चितवनमा रुखबाट लडेर युवकको मृत्यु
०

चितवन, जेठ १०–
सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् ।
प्रहरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए । रुखबाट लडेर घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























