Breaking News

दाङ, कपिलवस्तु र रुपन्देहीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

Banner

भैरहवा, जेठ १०–

दाङ, रुपन्देही र कपिलवस्तुका थप सात जनामा आज (शनिबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजिटिभ देखिएको हो ।

सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । उनी मदानेकै एक बैंकका कर्मचारी हुन् ।

रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् भने कपिलवस्तुका तीनजना मायादेवी गाउपालिकाका हुन् । उनीहरु ६ जना २० देखि ४० वर्षका पुरुषहरु रहेका प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>