Breaking News

मकवानपुर, भक्तपुर, सप्तरी र बारामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

Banner

काठमाडौं, जेठ ९–

आज (शुक्रबार) साँझ थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हेटौंडा–३ मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुर–९ की ४२ वर्षीया महिला, बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बारामा एकैचोटी ६ जनामा पुष्टि भएको छ । सिमरनगढ नगरपालिका निवासी २२ देखि ४५ वर्ष उमेर समूहका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

योसंगै आज मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या भने ५१६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>