Breaking News
भरतपुरका वडा वडामा क्वारेन्टिन तयार,थप सतर्कता अपनाउन महानगरको आग्रह

चितवन,जेठ ९-
भरतपुर महानगरले छिमेकी मुलुक भारत लगायत अन्य जिल्लाबाट आउने भरतपुरका नागरिकलाई वडास्तरमा तयार गरिएका क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। महानगरका मेयर रेनु दाहालले आज एक अपिल जारि गर्दै भारतबाट आउने व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेकोले आफै सजग भइ स्थानीय क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको छ ।
महानगरको अपिलमा भनिएको छ,महानगरभित्र हरेक वडामा न्युनतम १० वेडको क्वारेन्टिन स्थापना भइसकेकाले बिदेश तथा जिल्लाबाहिरबाट आउनु भएक सम्पुर्ण महानुभावहरु वडामा स्थापना भएका क्वारेन्टिनहरुमा बसि आफु र समाजप्रतिको दायित्व पूरा गर्नुहुन हार्दिक अपिल गर्दछु ।

भारतबाट आएका भरतपुर वडा नं ६ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएकोले नगरबासिलाइ अनावश्यक रुपमा घरबाहिर ननिस्कन पनि अपिल गरिएको छ। रोकथामको लागि सचेतना,रोकथामको उपायको अवलम्वन र प्रभावकारि उपचारका बिधिहरु अवलम्वन गर्न सम्वन्धित सवैलाइ मेयर दाहालले आग्रह समेत गर्नुभएको छ।

























