Breaking News

चितवनका कोरोना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिदै, वडालाई सील गरियो

Banner

चितवन, जेठ ९–

चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमित भेटिएको भरतपुर महानगरपालिका वडा नं.६ गीतानगर (केशरबाग)लाई सील गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने काम सुरु गर्दै र्छौ, वडालाई सील गरेर आवातजावत बन्द गराएका छौं ।’

प्रमुख जिल्ला अधिकारी भट्टराईले संक्रमितहरु घर आएदेखि नै घरकै माथिल्लो तलमा क्वारेन्टिन निर्माण गरेर बसेको जानकारी दिए । उनले भने–‘उहाँहरु जेठ ३ गते घर आएदेखि नै घरमै क्वारेन्टिनमा बसेको बुझेको छु, अरुसंग खासै सम्पर्क नभएको बुझिएको छ ।’ उनका अनुसार संक्रमितहरु जेठ ३ गते एम्बुलेन्सबाट घर आएका थिए ।

क्यान्सरको उपचारका लागि बुबा, आमा र छोरा भारत गएका थिए । त्यहाँबाट फर्किएपछि उनीहरुमा संक्रमण देखिएको हो । तीन जनाकै परीक्षण गर्दा श्रीमान र श्रीमतीमा मात्रै संक्रमण देखिएको हो । छोरामा भने संक्रमण नदेखिएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि भएसंगै उनीहरुलाई आज विहानै भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालमा ल्याईएको छ ।

भरतपुर अस्पताल कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएका मध्ये दुई जना निको भएर घर फर्किएका छन् भने एक महिलाको काठमाडौंमै उपचार भइरहेको छ । यसअघिका संक्रमित राप्ती नगरपालिकास्थित ब्रह्मानगरका आमा छोरा निको भएका छन् भने राप्ती नगरपालिका गड्यौलीकी महिला काठमाडौंमै छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>