Breaking News

आज देशभर थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

Banner

काठमाडौं, जेठ ९–

नेपालमा आज (शुक्रबार) थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका–६ गीतानगर (केशरबाग) निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी (बर्दघाट सुस्ता पूव) नवलपुर विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका–३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष र १५ वर्षीया युवती रहेकी छिन् ।

यस्तै मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ वर्षका ८ जना पुरुष र ८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाही गौडेताल नगरपालिका निवासी २२ देखी ३९ वर्षका १४ जना पुरुष र १८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>