Breaking News
भारतबाट क्यान्सरको उपचार गराएर आएका थिए चितवनका दुई नयाँ संक्रमित
०

चितवन, जेठ ९–
चितवनमा आज (शुक्रबार) थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका–६, गीतानगर (केशरबाग) निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु श्रीमान् र श्रीमती हुन् । उनीहरु दुई साता अघि भारतबाट आएको खुलेको छ । क्यान्सर रोगको उपचार गर्नका लागि उनीहरु भारत गएको खुलेको छ । उनीहरुलाई अहिले भरतपुर ल्याईएको छ ।
उनीहरु भारतबाट आएपछि घरमै क्वारेन्टिनमा बसेको बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























