Breaking News
अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९६ हजारभन्दा बढीको मृत्यु, १६ लाख १९ हजार संक्रमित
०

काठमाडौं, जेठ ९–
कोरोना भाइरसको महामारीले अमेरिकामा ९६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ६४ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १६ लाख १९ हजार ७८७ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९६ हजार २६९ पुगेको छ ।
उपचार गराइरहेका ११ लाख ४१ हजार ६०४ जनामध्ये १७ हजार ९०२ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा संक्रमितमध्ये ३ लाख ८१ हजार ९१४ जना उपचारपछि निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























