Breaking News

कोरोना भाइरस : विश्वभर ५० लाख सङ्क्रमित, ३ लाख २५ हजार बढीको मृत्यु

Banner

काठमाडौं, जेठ ७-

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३२ हजार ७३९ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका थिए । आज समाचार तयाँर पार्दासम्म थप ९५५ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख १५ हजार ६७६ पुगेको छ । त्यसैगरी ३ लाख २५ हजार ५०९ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४७६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख १० हजार ८४४ जनाको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

संयुक्तराज्य अमेरिकामा ९३ हजार ५६१ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>