Breaking News
भारतमा कोरोना : मृत्यु हुनेको संख्या ३३ सय बढी, संक्रमित झन्डै १ लाख ७ हजार
०

एजेन्सी, जेठ ७-
भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट संक्रमित पाँच हजार ६११ जना भेटिएका छन् ।
गत चौबीस घण्टाको अवधिमा एक सय ४० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुधबार जारी केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या बढेर एक लाख ६ हजार ७५० पुगेको छ ।
भारतमा अहिलसम्म तीन हजार तीन सय तीनजनाको मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमित कुल एक लाख छ हजार ७५० मध्ये ६१ हजार १४९ एक्टिभ केस छन् । ४२ हजार २९७ जना उपचारपछि घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























