Breaking News
धनकुटामा प्रहरी र स्वास्थ्यकर्मीसहित पाँच जनामा देखियो कोरोना संक्रमण
०

काठमाडौं, जेठ ६–
नेपालमा आज (मंगलबार) राती थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु धनकुटा जिल्ला अस्पतालमा कार्यरत प्रहरी र स्वास्थ्यकर्मी हुन् । ती मध्ये एक जना प्रहरी जवान, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन् ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि पनि सोही अस्पतालकी एक जना नर्सलाई संक्रमण देखिएको थियो। त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो।
आजै मात्र दिउँसो २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राती पाँच जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ४०७ पुगेको छ । यस्तै ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























