चितवन विशेष
रोट्रयाक्ट क्लब अफ चितवनको नेतृत्व खरेललाई

चितवन, जेठ ६–
रोट्रयाक्ट क्लब अफ चितवनको नयाँ नेतृत्व चयन भएको छ । क्लबको दोश्रो अधिवेशनले सन् २०२०÷२१ का लागि रोशन खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
वर्तमान अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा भएको अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । यस्तै निर्वाचित अध्यक्षमा सौगात अर्याल र मनोनित अध्यक्षमा अच्युत न्यौपाने चुनिएका छन् । उपाध्यक्षहरुमा प्रभा गुरुङ, प्रवेश बास्तोला र प्रभास रोय, सचिवमा भोजराज लम्साल सह–सचिवमा निशा रेग्मी, कोषाध्यक्षमा अमृत सापकोटा, सुप्रिया खड्का चुनिएका छन् ।
कार्यसमितिमा ४ जना डाईरेक्टरहरु क्रमशः सोनिस श्रेष्ठ, विक्रम शाह, सन्तोष भट्टराई, युगल श्रेष्ठ, सम्पादक दीनानाथ ढुंगाना, सर्जेन्ट एट आर्म संजीव यादव इन्ट्रयाक्ट संयोजक दिक्षान्त प्रधान र पब्लिक रिलेशन अफिसर रजनी खाती गरी १९ जनाको बोर्ड गठन गरिएको छ ।
कार्यक्रममा मातृ क्लब चितवन रोटरी क्लबका अध्यक्ष राजु पौडेल, निर्वाचित अध्यक्ष रोशन पिया, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानलगायत अधिकांश पूर्व अध्यक्षहरुले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
समाजिक सेवाभाव ‘फेलोशिपसँगै सेवा’ भन्ने मुलनारा बोकेको रोट्रयाक्ट क्लब विश्वस्तरमा स्थापित संसारकै ठूलो र प्रतिष्ठित रोटरी क्लवको युवा लक्षित अन्तराष्ट्रिय क्लब हो भने चितवन रोट्रयाक्ट क्लब चितवनमा परिचित, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको दोश्रो तथा अब्बल क्लबको रुपमा रहेको छ ।

























