Breaking News
थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो
०

काठमाडौं, जेठ ६–
नेपालमा आज (मंगलबार) थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत नयाँ संक्रमित पुष्टि गरेको हो । योसंगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।
नयाँ संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये २४ जना पुरुष र तीन जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा झापाका ९, मोरङका एक, सुनसरीका एक, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, मकवानपुरका १, रामेछापका १, ललितपुरका १, सिन्धुलीका १ लमजुङका १, कपिलवस्तुका ४ र नवलपरासीका एक जना रहेका छन् ।
नेपालमा आजसम्ममा ३२ हजार ६०४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यस्तै झापाका एक जना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् । योसंगै कोरोना निको भएर घरफर्किनेको संख्या ३७ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























