Breaking News
भारतबाट आएको भाइरस कडा, ज्यान नजाओस् भन्ने प्रयास असफल भयो : प्रधानमन्त्री

काठमाडौं, जेठ ६-
सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन प्रतिनिधिसभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको कोरोनाभाइरसलाई मानव जातिले पराजित गरेरै छोड्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण कही पनि नेपालीको ज्यान जान नदिने सरकारको प्रयास असफल भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’
उनले नेपाल कोरोनाको महामारीमा प्रवेश गरेको उल्लेख गर्दै दुई जनाको ज्यान गएकोमा दुःख समेत व्यक्ति गरे ।
ंकोरोना भाइरसको महामारी नेपालमा प्रवेश गर्यो, नेपालीहरु संक्रमित भए, त्यसै कारण नभएर अन्य कम्ल्पिकेसन भए पनि दुई जनाको मृत्यु भएकोमा दुखी छु’, उनले भने, ‘हामी कोरोना भाइरसका कारण कोही पनि नेपालीको ज्यान नजाओस भन्ने सरकारको प्रयास असफल भएको छ।’
प्रधानमन्त्री ओलीले मृत्यु भएका दुवै जनाको अन्य कारणले मृत्यु भएको भए पनि डब्ल्युएचओको मापदण्ड अनुसारको लक्षण देखिएकाले कोरोना नै मुख्य कारण भएको बताए।
























