Breaking News
टिवी रोग लागेका बिरामीको भरतपुर अस्पतालमा मृत्यु, वीरगञ्जबाट आएकाले कोरोना परीक्षण हुँदै
०

चितवन, जेठ ६–
भरतपुर अस्पतालको सघन कक्ष (आइसियू)मा उपचाररत एक बिरामीको मृत्यु भएको छ । हिजो (सोमबार) राती अस्पताल भर्ना भएका ती बिरामीको आज (मंगलबार) विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती बिरामीमा टिवी रोगका साथै छातीमा पानी जमेका कारण मृत्यु भएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । उनले ती बिरामी वीरगञ्जबाट रिफर भएर आएकाले कोरोना भाइरस (कोभिड–१९) समेत परीक्षण गर्न लागिएको बताए । उनले भने–‘बिरामीमा कुनै पनि कोरोना लक्षण देखिएको छैन, वीरगञ्जबाट आएकोले मात्रै कोरोना परीक्षण गर्दैछौं ।’
उनले मृतक बिरामीको स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिने जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























