चितवन विशेष
देवघाटका बोटे समुदायलाई लियो र कुशल ताराको खाद्यान्न सहयोग

चितवन, जेठ ५–
लियो जिल्ला परिषद् ३२५ बी टु नेपाल एरिया ३ र कुशल तारा प्रोजेक्टले संयुक्त रुपमा देवघाट गाउँपालिका–५ भुवनटारका बोटे समुदायका ५२ घरधुरीलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
लकडाउनको बेला कष्टकर जीवनयापन गरिरहेका बोटे समुदायका ५२ घरधुरीलाई प्रतिघर एक बोरो चामल, २ किलो दाल, एक पोका नुन, डेढ लिटरको तेल, दुई वटा साबुन सहयोग गरिएको एरिया ३ का को–चिफ पुरुषोत्तम सुवेदीले जानकारी दिए ।
उनीहरुलाई सिद्धमहाकाली माध्यमिक विद्यालयको प्राङगणमा सामाजिक तथा भौतिक दुरी कायम गरी सो खाद्यान्न सामग्री वितरण गरिएको थियो । उनीहरुलाई वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सो सामग्री प्रदान गरिएको थियो । कुशल तारा प्रोजेक्टकी संस्थापक श्रेया गजुरेलले खाद्यान्न सामग्री सहयोग गरेकी थिइन् ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कुशल तारा प्रोजेक्टकी संस्थापक श्रेया गजुरेल, रिजन कोर्डिअनेटर सन्दीप पाठक, पूर्व डिष्ट्रिक्ट डाइरेक्टर विज्ञान पौडेल, देवघाट ग्रीन लियोका निर्वाचित अध्यक्ष विकाश ढकाललगायतको उपस्थिति रहेको थियो ।

























