Breaking News
गुल्मीमा पहिलो कोरोना संक्रमण, संक्रमित जिल्ला ३१ पुग्यो
०

काठमाडौं, जेठ ५–
नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । योसंगै संक्रमित जिल्लाको संख्या पनि थपिदै गइरहेको छ । आज (सोमबार) दिउँसो पुष्टि भएका संक्रमित मध्ये गुल्मीका एक जना रहेको छ ।
गुल्मीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो । भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका डा.विकास देवकोटाले जानकारी दिए । गुल्मीमा नयाँ संक्रमित फेला परेसंगै ३१ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) फैलिएको छ ।
तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























