चितवन विशेष

भरतपुर महानगरका जनप्रतिनिधि प्रेम पाठकको निधन

Banner

चितवन, जेठ ५–

नेपाली काँग्रेस चितवनका नेता एवंम भरतपुर महानगरपालिकाका जनप्रतिनिधि प्रेम पाठकको आज (सोमबार) दिउँसो निधन भएको छ ।

आन्द्रामा समस्यामा भएपछि एक महिनादेखि अस्पताल भर्ना भएका ५७ वर्षीय पाठकको आज दिउँसो चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो ।

नेता पाठकको आजै देवघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । नेता पाठक भरतरतपुर महानगरपालिकाका वडा नं.४ का सदस्य थिए । यस्तै उनी तरुण दल चितवनका पूर्व सचिव हुन् । नेता पाठकको विसं.२०२० पुस ७ गते भारतमा जन्म भएको थियो । उनका दुई छोरा र एक श्रीमती छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>