चितवन विशेष

भरतपुर कोरोना अस्पताल प्रकरणः नेविसंघ क्षेत्र नं.३ ले बुझायो ज्ञापन पत्र

०
Banner

चितवन, जेठ ४–

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा आशंका गरिएको अनियमितताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ चितवन साबिक क्षेत्र नम्बर ३ ले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ ।

कोरोना भाईरसको संक्रमणको यस समयमा भरतपुर महानगरको अगुवाईमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा भएको भनिएको अनियमितताका विषयमा छानविन र कारवाही प्रक्रियाका लागि अस्पताल र महानगरले कुनै प्रकृया अघि नबढाएको भन्दै बिरोध स्वरुप ज्ञापनपत्र बुझाएको हो ।

कार्यवहाक क्षेत्रीय सभापति बसन्त गैंरे, नेविसंघ नेताहरु कल्पना पौडेल, सरोज रेग्मी परमेश्वर खनाल, सागर सुवेदी, ओमकार सापकोटा लगाएतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो । चोरी तथा अनियमिततामा संलग्न अस्पतालका कर्मचारीलाई निलम्बन गरी छानविनलाई सहयोग गर्न नेबिसंघले माग गरेको छ ।

ज्ञापन पत्र बुझदै अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले संकटको समयमा स्थापना गरिएको अस्पतालमा भएको लापरवाहीमा संलङ्नलाई कारवाही गर्न भरतपुर अस्पताल तयार रहेको बताए । घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय चितवनले अनुसन्धान गरिरहेको भन्दै उनले अनुसन्धानको प्रतिवेदन पर्खन आग्रह गरे ।

यस्तै भरतपुर महानगरपालिकामा भने भित्तामा ज्ञापनपत्रलाई टाँसिएको छ । महानगरपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा महानगर प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी सम्पर्कमा नआएपछि ज्ञापन पत्र सचिवालयमा दर्ता गराई भित्तामा टाँसिएको गैरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>