चितवन विशेष
चितवनका युवा व्यवसायीहरुले दिए सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

चितवन, जेठ ४–
कोरोना भाइरसंग संगो संसार लडिरहेका बेला स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मीहरु समेत लडिरहेका छन् । अग्रभागमा उभिएर सुरक्षाकर्मीहरुले काम गरिरहेका छन् । यस्तैमा चितवनमा पनि सुरक्षाकर्मीहरु ज्यानको प्रवाह नगरी काम गरिरहेका छन् ।
पछिल्लो समय नेपालमा सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएसंगै सुरक्षाकर्मीहरु पनि बढी जोखिममा रहेको देखिएको छ । यही अवस्थालाई मध्यनजर गर्दै चितवनका युवा व्यवसायीहरुले चितवनका सुरक्षाकर्मीहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दिनरात नभनि आमनागरिकको सुरक्षामा खटिने प्रहरीलाई दैनिक आवश्यक मास्क, ग्लोब्सलगायतको सामग्री चितवनका युवा व्यवसायीहरु सुदीप रेग्मी, श्रीराम देवकोटा र कृष्ण शर्मा वस्तीले प्रदान गरेका छन् ।
तीन व्यवसायीको तर्फबाट नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेले चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङलाई करिब ५ सय सर्जिकल मास्क, ४ हजार ग्लोब्स हस्तान्तरण गरे । युवा व्यवसायीहरुको यस सहयोगले प्रहरीलाई फिल्डमा खटिन थप सहयोग मिल्ने प्रहरी प्रमुख गुरुङले बताए ।
























