Breaking News

प्रदेश १ का थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

Banner

काठमाडौं, जेठ ४ —

प्रदेश १ मा आइतबार तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

उनीहरुको स्वाब विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगर निवासी ३६ वर्षीय पुरुष र २९ वर्षीया महिला छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>