चितवन विशेष
चितवनको नारायणी नदीमा डुबेर दुई युवा बेपत्ता
०

चितवन, जेठ ४–
चितवनको भरतपुर महानगरपालिका–१६, गणेश मन्दिर नजिक नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।
आज अपरान्ह ५ बजेको समयमा नारायणी नदीमा पौडी खेल्ने क्रममा सोही स्थानका २५ वर्षीय प्रविण दवाडी र अर्का २५ वर्षीय विवके भट्टराई बेपत्ता भएको प्रहरीले जनाएको छ । ती दुवै युवाको अहिले खोजी कार्य भइरहेको र अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























