Breaking News
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ, माइती गाउँ र स्वास्थ्य चौकी सिल
०

काठमाडौं, जेठ ३–
धुलिखेल अस्पतालमा सुत्केरी महिलाको ज्यान गएपछि उनी पुगेको विभिन्न ठाउँमा सिल गरिएको छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महिलाको गाउँ, माइती गाउँ र पहिलोपटक पुगेको बाह्रबिसे स्वास्थ्य चौकीलाई सिल गरिएको छ ।
उनको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे, बाह्रबिसे स्वास्थ्य चौकी र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























