Breaking News

आज २७ औं मदन–आश्रित दिवस, दुर्घटनास्थल दासढुंगा सुनसान

Banner

चितवन, जेठ ३–

आज २७ औं मदन–आश्रित स्मृति दिवस। तर यसपटक कुनै औपचारिक कार्यक्रम छैन । कोरोनाका कारण देश लकडाउनमा भएकाले औपचारिक कार्यक्रम गरिएको छैन ।

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङगामा दुर्घटनामा परी निधन भएको थियो । २०५० जेठ ३ गते आजकै दिन मदन–आश्रित चढेको जीप दासढुगाबाट त्रिशुलीमा खसेको थियो । उनीहरुको स्मरणका लागि दासढुंगामा दुवै जनाको शालिक निर्माण गरिएको छ । प्रत्येक वर्ष सोही शालिकमा माल्र्यापण गर्ने गरिएको छ ।

आज औपचारिक कार्यक्रम नभए पनि मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले उनीहरुलाई स्मरण गर्दैछन्। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>