Breaking News

एक वर्षभित्र लिम्पियाधुरा,लिपुलेक र कालापानीलाई फिर्ता ल्याउने घोषणा

Banner

काठमाडौं, जेठ २–

सरकारले एक वर्षभित्रमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।

शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो। सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल गर्ने जनाएको छ।

भण्डारीले भनिन्, ‘अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक वार्ता अघि बढाउनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। त्यसलाई ठोस पहल गरेर फिर्ता ल्याइनेछ। ती भूभाग समेटिएको नेपालको नक्सा जारी गरिनेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>