Breaking News

वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्ने घोषणा

Banner

काठमाडौं, जेठ २–

सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ ।

आज (शुक्रबार) सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएकी हुन् ।

नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा–खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्वपश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>