Breaking News

सरकारले तत्काल लिम्पियाधुरासहितको नक्सा जारी गर्ने

Banner

काठमाडौं, जेठ २–

सरकारले तत्काल लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएका छन् । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले नक्सा जारी गर्न सरकारलाई सुझाव दिएपछि उनले बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेकपा सचिवालयको आजको बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्‍ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ? भन्दै नेताहरुले आपत्ति जनाएका थिए । त्यसपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पहिला नक्सा जारी गर्ने त्यसपछि वार्ता र कुराकानी हुँदै गर्छ भन्ने निष्कर्षमा प्रधानमन्त्रीसहितका नेकपा नेताहरु पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>