चितवन विशेष
प्रथम भाइस डिष्ट्रिक्ट गर्भनरमा भट्टको उम्मेद्वारी

चितवन, जेठ २–
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालको प्रथम भाइस डिष्ट्रिक्ट गर्भनरका लागि चितवनका रामप्रसाद भट्टले उम्मेद्वारी दिएका छन् । लायन वर्ष २०२०÷२०२१ का लागि उनले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
जुम एप कन्फरेन्समा उनले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । उनले शम्भु नकर्मीलाई डिष्ट्रिक्ट गर्भनर र आफूलाई प्रथम डिष्ट्रिक्ट गर्भनर र सीबी चन्दलाई सेकेण्ड भाईस डिष्ट्रिक्ट गर्भनरका लागि शतप्रतिशत सकारात्मक मतदान प्रदान गरी विजयी गराईदिन समेत आग्रह गरेका छन् ।
सेकेन्ड भाईस गर्भनरको रुपमा रहेर काम गर्दा सहयोग गर्ने सम्पूर्ण लायनकर्मीहरुरुलाई धन्यवाद ज्ञापन गर्दै भट्टले आफूलाई मतदान गरी सबैलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन् । भरतपुर महानगपालिका वडा नम्बर–२ निवासी भट्टले सन् २००१ मा तनहुँको लायन्स क्लब अफ डुम्रे बिमलनगरको संस्थापक सदस्यबाट लायन्स अभियानमा समाहित भएका हुन् ।
सो पश्चात चितवनमा रहेको लायन्स क्लब अफ बागेश्वरीको अध्यक्ष हुँदै डिष्ट्रिक्ट क्याबिनेटका महत्वपूर्ण पदहरुमा रहेर काम गरि सकेका छन् । सामाजिक क्षेत्रमा अग्रणी व्यवसायी भट्ट निजी र सामाजिक दर्जनौं सामाजिक संघ संस्थामा आवद्ध छन् । पछिल्लो समय कोरोना रोग नियन्त्रण तथा रोकथाममा उनको नेतृत्वमा भएको अभियानलाई महत्वपूर्ण रुपमा लिईएको छ ।
























