चितवन विशेष

पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न नेविसंघ युटेकको माग

Banner

चितवन, जेठ १–

नेपाल विद्यार्थी संघ युटेक इकाइले रिक्त रहेको पोखरा विश्विद्यालको उपकुलपति तोक्न माग गरेको छ ।

नेविसंघ युटेकले आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै रिक्त रहेको पदहरुमा पुर्ति गर्न माग गरेको छ । तीन महिनादेखि विश्वविद्यालयमा उपकुलपतिसंगै रजिष्टार, डीनहरु, परीक्षा नियन्त्रकलगायत पद रिक्त रहेकाले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको नेविसंघको भनाई छ ।

इकाई सभापति सुपथ घिमिरे, उपसभापति साहिर श्रेष्ठ र सचिव अमन आले मगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘रोकिएका परीक्षाहरु, शैक्षिक कार्यक्रम बारे गम्भीर रुपमा छलफल गरी आगामि परिस्थितिको मूल्यांकन गरी विद्यार्थीहरुमा रहेको अन्यौलता चिर्न तथा पोखरा विश्वविद्यालय अन्तरगतका विद्यार्थीहरुको भविष्य सुनिश्चिताका लागि यथाशिघ्र पोखरा विश्वविद्यालयको ऐन २०५३ मा व्यवस्थ भए अनुसार योग्य एवंम सक्षम व्यक्तिलाई उपकुलपति र रजिष्टारमा नियुक्त गर्न कुलपति एवंम प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गर्दछौं ।’

नेविसंघले यस विषम परिस्थितिमा हजारौं विद्यार्थाीहरुका लागि रचनात्मक अभिभावको भूमिका निर्वाह गर्नुपर्ने विश्वविद्यालय आफै थला परेको टिप्पणी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>