Breaking News

चितवनमा प्रशासनले गर्‍यो थप कडाई, जिल्ला प्रवेशमा रोक

Banner

चितवन, जेठ १–

कोरोना संक्रमणले देशभर नै महामारीको रुपमा फैलिन थालेपछि चितवन प्रशासनले थप कडाई गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै चितवनमा अन्य जिल्ला तथा विदेशबाट मानिसहरुलाई आउनमा रोक लगाएको हो । प्रशासनले सम्पूर्ण टोल विकास संस्थाहरुलाई आफ्नो टोलमा कसैलाई आउन नदिन निर्देशन दिएको छ । यदि कोही आईहालेमा अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ । प्रशासनले अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन नदिन टोला विकास संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रशासनले बैंक तथा बित्तिय संस्थाहरूमा भिडहुन नदिन, मानिस जमघट हुने ठाउँमा कम्तिमा २ मिटरको दुरी कायम गर्न लगाउन र कसैले अटेर गरेमा तुरुन्त नजिकको प्रहरी इकाइमा खबर आग्रह समेत गरेको छ ।

चितवनमा संक्रमित दुई जना नै निको भएर घर फर्किएका छन् भने आज (बिहीबार)देखि देवचुली–१२, नवलपुरका ४९ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । चितवनमा थप संक्रमण भेटिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>