Breaking News

कालिमाटी तरकारी बजारमा कोरोना भाइरस परीक्षण

Banner

काठमाडौं, जेठ १-

कालिमाटी तरकारी बजारमा कोरोना भाइरसको संक्रमण परीक्षण गराउन स्वाव संकनलन भइरहेको छ ।

बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रि कार्यमा संलग्न हुने व्यवसायीहरु, व्यवसायीका सहयोगीहरु, ढुवानी कार्यमा संलग्न चालक तथा सहचालकहरु, भरिया तथा मजदुरहरु, सरसफाइ मजदुरहरु, सुरक्षाकर्मी तथा कर्मचारी लगायतका बजार संचालन कार्यमा संलग्न हुने व्यक्तिहरुको परीक्षण गरिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण विभागबाट खटिएका स्वास्थ्य टोलीले कालीमाटी बजार पुगेर सर्वसाधरणको स्वाव संकलन गरेको हो। बिहान ११ बजेदेखि सुरु भएको स्वाव संकलन अपरान्ह ५ बजेसम्म जारी रहने जनाएको छ ।

देशभर कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यतिबेला परीक्षणको दायरालाई फराकिलो बनाउन थालिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>