Breaking News

कलकत्ताबाट आएका थिए देवचुलीका कोरोना संक्रमित, भरतपुर कोरोना अस्पतालमा उपचार चल्दै

०
Banner

चितवन, जेठ १–

आज (बिहीबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका देवचुली नगरपालिका–१२, नवलपुरका ४९ वर्षीय पुरुष भारतको कलकत्ताबाट आएको खुलेको छ । ती पुरुष कलकत्ताबाट रक्सौल हुँदै वैशाख ३० राती भरतपुर आइपुगेका थिए ।

उनको हिजो (बुधबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएको थियो । कोरोना पोजिटिभ आएपछि उनलाई अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानीमा राखिएको भरतपुर अस्पतालका मेडिकल सुरिटेण्डेण्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

ती पुरुष घर नगई सिधै कोरोना अस्पतालमा परीक्षण गर्न पुगेका थिए । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले ती पुरुषले घरमा समेत आफूले परीक्षण नगराई नआउने बताएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>