Breaking News

स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायाे

Banner

महोत्तरी, जेष्ठ १ —

नेपालमा काेराेना संक्रमित संख्याकाे तथ्यांक अपडेट गर्दा स्वास्थ्य मन्त्रालयले गल्ती गरेकाे स्वीकारेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । आज बिहान मन्त्रालयले निकालेको विवरणमा धनुषा, महोत्तरी र सर्लाहीमा थप ५ जनामा संक्रमण पुष्टि गरेको विवरण त्रुटिपूर्ण पाइएको छ ।

यसअघि बिहीबार बिहानकाे दाेस्राे अपडेटमा थप ५ जनामा काेराेना भाइरस पुष्टि भएकाे र नेपालमा कोरोना संक्रमित संख्या २५० पुगेको भन्दै मन्त्रालयले विज्ञप्ती निकालेकाे थियाे । त्यसैका आधारमा सबैजसाे सञ्चारमाध्यममा गलत विवरण गएकाे छ ।

मन्त्रालयले बिहीबारै बिहान १०ः१५ बजे जारी गरेकाे विज्ञप्तीमा प्राविधिक कारणवश यसअघि २५० संक्रमित पुगेकाे बताउँदै वास्तविक संक्रमित संख्या २४५ नै कायम रहेकाे जनाएकाे हाे ।  यद्यपी आजै पूर्वी नवलपरासीको एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यस बारे मन्त्रालयले अपडेट गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>