मकवानपुर

मकवानपुरको चुरियामाई नाकामा कडाइ गर्न निर्देशन

Banner

हेटौंडा, जेठ १–

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने प्रमुख नाका हेटौँडाको चुरियामाईमा कडाइ गर्न निर्देशन दिनुभएको छ ।

चुरियामाई नाकाको बुधबार अनुगमन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट बच्न बाह्य आवागमन रोक्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका प्रदेश नं २ को बारा, पर्सा, रौतहटलगायत जिल्ला र भारतबाट समेत यस नाका हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने व्यक्तिलाई रोक्नुपर्ने उल्लेख गर्दै सङ्क्रमित क्षेत्रका व्यक्तिमार्फत कोरोना सङ्क्रमण फैलन सक्ने हुँदा आवतजावतमा कडाइ गर्न निर्देशन दिनुभएको हो ।

पौडेलले कोरोनाको जोखिमबाट बच्नका लागि बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबैमा आग्रह पनि गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>