Breaking News
सर्लाही, धनुषा र महोत्तरीमा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं, जेठ १–
नेपालमा आज (बिहीबार) थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही, धनुषा र महोत्तरीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या २५० पुगेको छ ।
संक्रमित हुनेमा सर्लाही धन्कौल नगरपालिकाका ४५ वर्षीय, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीय युवती रहेका छन् । यस्तै महोत्तरीको जलेधर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ४५ वर्षीय पुरुषमा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको हो ।
आज (बिहीबार) बिहान मात्रै काठमाडौं र कपिलवस्तुमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार बिहानसम्ममा मात्रै संक्रमित पुष्टि हुनेको संख्या ७ पुगेको छ । हिजो (बुधबार) २६ जनामा संक्रमण पुष्टि भएको थियो ।
























