Breaking News

नेविसंघ बालकुमारीले नारायणगढमा जलायो मोदी र सी जिन्पिङको पुत्ला (फोटोफिचर)

Banner

चितवन, वैशाख ३१–

नेपाली भूमि अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ बालकुमारी कलेज इकाइले आज (बुधबार) नारायणगढस्थित शहिदचोकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङको पुत्ला जलाएको छ ।

लिपुलेकमा भारतले सडक बनाएपछि चितवनमा निरन्तर प्रदर्शन भइरहेको छ । सोही अन्तरगत नारायणगढमा नेविसंघले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएको हो । विद्यार्थीहरुले ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, भारतीय विस्तारबाद मुर्दा, गो ब्याक इण्डिा’ जस्ता नारा लगाएका थिए ।

सो क्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवंम जिल्ला सहसचिव राजन कार्की र नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार समेत सहभागि थिए । उनीहरुले सो क्रममा बोल्दै भारत र चीन मिलेर नेपालको भूमि अतिक्रमण लागेकोले सबै जनताले बिरोध गर्नुपर्ने बताएका थिए ।

नेविसंघ चितवनका उपाध्यक्ष एवंम इकाई अध्यक्ष प्रकाश भण्डारीले देशमा संकट परेको बेला विद्यार्थीहरु कलम मात्र नभई मसाल समातेर समेत बिरोधमा उत्रिने बताए ।

पुत्ला जलाउन नेविसंघ बालकुमारीका कार्यवाहक अध्यक्ष अमित तिवारी, उपाध्यक्ष राजेन्द्रराज क्षेत्री, सचिव विष्णुहरि पन्त, सहसचिव नवराज क्षेत्री, कोषाध्यक्ष हिमाल कोइराला, सहसचिव सिजन भट्ट, सदस्य इशु बराललगायतका नेताहरु पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>