चितवन विशेष

पत्रकारको पिसिआर परीक्षणको माग गर्दै प्रेस युनियनले बुझायो सिडियोलाई ज्ञापन पत्र

०
Banner

चितवन, वैशाख ३१–

नेपाल प्रेस युनियन चितवन शाखाले पत्रकारहरुको पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न माग गरेको छ आज (बुधबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षणको व्यवस्था मिलाई दिन माग गरेको हो । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलिले भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।

पर्सामा पत्रकारहरुमा कोरोना संक्रमण भेटिएसंगै जिल्लामा रहेका पत्रकारहरुमा पनि संक्रमणको हुन सक्ने भन्दै परीक्षणको माग गर्दै युनियनले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ “नेपालमा कोभिड–१९ देखिएसंगै यहाँका पत्रकारहरुले प्रत्यक्ष रुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वबिधितै छ । अतः चितवन जिल्लामा रहेर कार्यक्षेत्रमा खटिएर काम गरिरहेका पत्रकारहरुको तत्काल पिसिआर परीक्षणका लागि व्यवस्था मिलाईदिनु हुन अनुरोध छ ।” समयमानै परीक्षण भएमा संक्रमण देखिहालेमा ती व्यक्तिबाट धेरैमा फैलन नपाउने र निर्धक्कसंग काम गर्ने वातावरण सृजना हुने ज्ञापन पत्रमा उल्लेख छ ।

साथै जिल्लामा रहेका पत्रकारलाई संस्थाले दिएको परिचय पत्रका आधारमा हिडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षामा ध्यान दिन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको माग प्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षण गरिने प्रतिवद्धता जनाए । उनले आँफु पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरिदिन आग्रह गरे ।

पत्रकारहरुको परिचय पत्रका आधारमा हिडडुल गर्न दिईएको भए पनि अनावश्यक काममा बाहिर ननिस्कन उनको आग्रह थियो । युनियनका अध्यक्ष ढकालले पत्रकारहरु फिल्डमा खटिएकाले जोखिम बढेको भन्दै तत्काल परीक्षण गर्न माग गरे । युनियन चितवनले लकडाउनको समय सुरु भएसंगै जिल्लामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई लक्षित गर्दै राहत वितरण, मास्क तथा स्यानिटाईजर वितरण लगाएतका कामहरु गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>