चितवन विशेष

गणेशस्थानमा ४५ मिटर अग्लो कैलाश पर्वत बन्ने

Banner

चितवन, वैशाख ३१–

भरतपुर महानगरपालिका वडा नम्बर–११, स्थित गणेशस्थान मन्दिर क्षेत्रमा ४५ मिटर अग्लो कैलाश पर्वत निर्माण गरिने भएको छ ।

निकै महत्वका साथ हेरिएको यस कैलाश पर्वत देशकै आकर्षक धार्मिक पर्यटकीय क्षेत्र हुने विश्वास गरिएको छ । सो कैलाश पर्वतको मंगलबार एक कार्यक्रमका बीच चितवनका प्रदेश सभा सदस्य विजय सुवेदीले शिलन्यास गरेका छन् । ऐतिहासिक महत्वको गणेशस्थान क्षेत्रलाई धाम बनाउँदा धार्मिक क्रियाकलाप मात्र नभइ जिल्लाकै पर्यटकीय स्थल बन्ने सुवेदीको भनाई रहेको छ । यस कैलाश पर्वत वरपर नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाईने विभिन्न वनस्पतीहरु हुर्काइदै छ । कैलाश पर्वतको माथिल्लो भागमा हिमाली क्षेत्रमा पाईने वनस्पती, बीच भागमा पहाडमा पाईने वनस्पती र तल्लो भुभागलाई समथर तराईमा पाईने वनस्पतीहरु निर्माण गरिने मंगलबार आयोजित शिलन्यास कार्यक्रममा बतार्ईएको छ ।

विस्तार हुने क्षेत्रमध्ये २५ बिघामा तलाउ बनाइने योजना रहेको प्रदेशसभा सदस्य सुवेदीले बताए । पुंगी खोलाको पानी ड्याम बाँधेर पनि तलाउ निर्माण गरिएको उनले बताए । तलाउ वरपर हिँड्न र साइकल चलाउन मिल्ने बाटो बनाइने उनको भनाई रहेको छ ।

अहिले २.४३ हेक्टर क्षेत्रफलमा रहेको मन्दिर क्षेत्रलाई विकास गरी थप ३० हेक्टर क्षेत्रफलमा विस्तार गरेर पूर्वाधार निर्माण थालिएको गणेशस्थान संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले बताए । जसमा अहिले तलाउ सरसफाईको काम गरिएको छ भने तलाउमा बोट ल्याएर परिक्षणको रुपमा चलाउने काम समेत गरिएको अध्यक्ष चुकेले बताए । त्यसैगरी १८ फिट अग्लो गणेशको मुक्ति निर्माण अन्तिम चरणमा पुगेको छ ।

गणेशस्थान क्षेत्रलाई गणेशस्थान संरक्षण सम्वद्र्धन समितिले बिकास गरेर मन्दिर क्षेत्रलाई धाम बनाउन काम गरिरहेको छ । प्रारम्भिक अध्ययन अनुसार ८० करोड रुपैयाँ लागतमा गणेशधाम तयार गरिन लागेको समितिका महासचिव रविन्द्र बरालले जानकारी दिए । चार वर्षभित्रमा काम सक्ने गरी काम भैरहेको महासचिव बरालको भनाई छ । यस क्षेत्रमा जल विनायक, शिव–पार्वती, कुमारको मूर्ति समेत बनाउने गरी डिपिआर निर्माण भई अहिले काम भैरहेको उनले जानकारी दिए ।

यसैगरी धाम क्षेत्रमा व्यवस्थित पार्किङ, पिकनिक स्पट, बोटानिकल गार्डेन, धर्मशालालगायत निर्माण गरिने उनको भनाइ छ । महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमध्ये एक गणेशस्थानमा रहेको पौराणिक इनार पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा बनेको विश्वास गरिन्छ । वि.सं २०१४ मा रूखमुनि फेला पारिएको गणेशको अर्धकद मूर्ति स्थापना गरेर मन्दिर निर्माण गरिएको बताइन्छ । मन्दिर परिसरमा सरस्वती, मनकामना, सन्तोषी, विश्वकर्मा लगायतका मन्दिर रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>