Breaking News

नेपालमा महामारीको रुपमा फैलिदै कोरोना, मंगलबार ८३ जनामा देखियो कोरोना संक्रमण

Banner

काठमाडौं, वैशाख ३१–

नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिन थालेको छ । मंगलबार एकैदिन ८३ जनामा संक्रमण देखिएपछि कोरोना डरलाग्दो रुपमा फैलन थालेको पुष्टि भएको छ । एकैदिन यति धेरैमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । मंगलबारको संक्रमणले काठमाडौं उपत्यका समेत बढी जोखिममा परेको छ ।

मंगलबार काठमाडौंमा एक र भक्तपुरमा दुई जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंकी संक्रमित ३३ वर्षीया महिला हुन् । उनको पूर्ण विवरण खुलाईएको छैन । भक्तपुरमा भने २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएको नयाँ जिल्लाहरुमा भक्तपुरसंगै महोत्तरी र धनुषा छन् । यी जिल्लाहरुमा पहिले कोरोनास संक्रमण पुष्टि भएको थिएन । महोत्तरी र धनुषामा दुई/दुई जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा समेत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार सबैभन्दा धेरै प्रदेश २ को पर्सा जिल्लामा संक्रमण फेला परेको छ । दिउँसो ३९ जना र राती १८ जना गरी ५७ जनामा संक्रमण देखिएको छ । पर्सा अब कोरोनाको सबैभन्दा ठूलो हटस्पट बनेको छ ।

यस्तै मंगलबार दिउँसो पर्सामा ३९, रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>