Breaking News

चितवनकी कोरोना संक्रमित महिला निको भइन्, बुधबार डिस्चार्ज गरिने

Banner

चितवन, वैशाख ३०–

चितवन राप्ती नगरपालिका–८ की ६३ वर्षीया कोरोना संक्रमित महिला निको भएकी छिन् ।

लगातार दुई पटक गरिएको परीक्षणमा कोरोना रिपोट नेगेटिभ आएपछि उनी निको भएकी हुन् । उनलाई बुधबार डिस्चार्ज गरिने भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए । डा.अधिकारीले नारायणी अनलाइनसंग भने–‘लगातार दुई पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ, बुधबार विहान डिस्चार्ज गछौं ।’

यी महिलाको पाँच पटकसम्म परीक्षण गर्दा लगातार रिपोर्ट पोजिटिभ आएको थियो । यद्यपी उनको स्वास्थ्य अवस्था भने सामान्य थियो । यसअघि कोरोना संक्रमित उनका २७ वर्षीय छोरा डिस्चार्ज भइसकेका छन् । दुवै जना संक्रमित निको भएरसंगै चितवन अब कोरोनामुक्त बनेको छ ।

आमा र छोरामा वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनीहरुको स्वाब पुनः टेकु प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पनि पोजिटिभ देखिएपछि वैशाख ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>